आज पनि घट्यो सुनचाँदीको मूल्य

अर्थ

काठमाडौं । नेपाली बजारमा आज बिहीबार सुनचाँदीको मूल्य घटेको छ । बुधबारको तुलनामा बिहीबार सुन ८ सय र चाँदी १० रुपैयाँले घटेको हो ।

बुधबार प्रतितोला एक लाख ४१ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज बुधबार ८ सय रुपैयाँले घटेर एक लाख ४० हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, तेजावी सुन प्रतितोला एक लाख ४० हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

yakshakhabar.com

चाँदी पनि आज १० रुपैयाँले घटेर प्रतितोला १ हजार ७८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Spread the love by sharing this post

Leave a Reply

Your email address will not be published. Required fields are marked *