एसईईको नतिजा सार्वजनिक

समाचार

भक्तपुर । माध्यामिक शिक्षा परीक्षा (एसईई) २०८० को नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डले बिहीबार पत्रकार सम्मेलन गरेर नतिजा सार्वजनिक गरेको हो ।

बोर्डका अध्यक्ष महाश्रम शर्माका अनुसार परीक्षामा सहभागी भएका कुल विद्यार्थीमध्ये ४७.८६ प्रतिशत अर्थात २ लाख २२ हजार ४ सय ७२ जना विद्यार्थीमात्रै उत्तीर्ण भएका छन् । यस्तै, ५२.१४ प्रतिशत अर्थात २ लाख ४२ हजार ३ सय १३ जना परीक्षार्थी नन ग्रेडेड अर्थात फेल भएका छन् ।

बोर्डका अनुसार उत्तीर्ण हुने विद्याथीमध्ये १.६० बाट दुई सम्म जीपीए ल्याउने ६ जना रहेका छन् । यस्तै जीपीए २ देखि २.४० ल्याउने २९५० जना, जीपी २.४० देखि २.८० ल्याउने ४१ हजार ४७७ जना, जीपीए २.८० देखि ३.२० ल्याउने ७८ हजार ८७४ र जीपीए ३.२० देखि ३.६० ल्याउने ६८ हजार २५६ जना र ३.६० बाट ४ सम्म ल्याउने ३१ हजार २०९ जना विद्यार्थी रहेका छन् ।

yakshakhabar.com

परीक्षामा नियमिततर्फ ४ लाख ६४ हजार ७ सय ६५ जना परीक्षार्थी सहभागी थिए । कार्यालयले गत वर्ष असार २४ मा एसइईको नतिजा सार्वजनिक गरेको थियो ।

प्रत्येक विषयमा सैद्धान्तिक (लिखित) तर्फ न्यूनतम ३५ प्रतिशत अंक नल्याए विद्यार्थी ननग्रेडिङ हुने व्यवस्थाअनुसार पहिलो पटक एसईईको नतिजा सार्वजनिक गरिएको हो ।

ग्रेडवृद्धि हुने विद्यार्थी भने यसै शैक्षिक सत्रमा कक्षा ११ मा पढ्न पाउनेछन् । त्यस्तै २ भन्दा बढी विषयमा ननग्रेडिङमा पर्ने १ लाख २६ हजार ४ सय ७९ विद्यार्थीले भने आउँदो वार्षिक परीक्षामा सहभागी हनुपर्नेछ ।

Spread the love by sharing this post

Leave a Reply

Your email address will not be published. Required fields are marked *