प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

राजनीति

काठमाडौं । संघीय संसद्‌अन्तर्गत प्रतिनिधि सभाको बैठक बिहीबार बस्दैछ । बैठक संसद भवन नयाँ बानेश्वरमा बिहान ११ बजेका लागि बोलाइएको छ ।

बैठकमा प्रतिनिधि सभामा सभामुख देवराज घिमिरेलले प्रतिनिधि सभा कार्यव्यवस्था परामर्श समितिमा सदस्यको नाम मनोनयन, संयुक्त समितिअन्तर्गतको संसदीय सुनवाइ समितिमा सदस्यको नाम हेरफेर गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

त्यस्तै सभामुखले विषयगत समितिहरूमा सदस्यहरूको नाम हेरफेर गर्ने, संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यनमन्त्री हितबहादुर तामाङले राष्ट्रियसभामा उत्पत्ति भएको ‘अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको प्रतिवेदन सहितको अभिलेख संरक्षण (पहिलो संशोधन) विधेयक, २०७८’ छलफलका लागि प्रस्तुत गरिने कार्यसूचीमा उल्लेख छ ।

yakshakhabar.com

मन्त्री तामाङले नै ‘अभिलेख संरक्षण (पहिलो संशोधन) विधेयक, २०८१’ पारितका लागि प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

Spread the love by sharing this post

Leave a Reply

Your email address will not be published. Required fields are marked *