एसईईको नतिजा आज सार्वजनिक गरिँदै

समाचार

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा बिहीबार सार्वजनिक गर्ने भएको छ ।

बोर्डले नतिजा प्रकाशनको तयारी अन्तिम चरणमा पुर्‍याएको र बिहानसम्म नतिजा सार्वजनिक गर्ने तयारी गरेको जनाएको छ ।

एसईई बोर्डको अन्तिम बैठक बस्न बाँकी रहेकाले बिहीबार बिहान ७ बजे बैठक बसेर नतिजा प्रकाशन गर्ने निर्णय भएको बोर्डले जनाएको छ ।

yakshakhabar.com

गत चैत १५ देखि २७ गतेसम्म सञ्चालित एसईईमा पाँच लाख चार हजार ४१४ विद्यार्थी सहभागी थिए ।

यस वर्षबाट नयाँ पाठ्यक्रमका आधारमा परीक्षा लिएकाले सैद्धान्तिकतर्फ कम्तिमा ३५ प्रतिशत अंक नल्याए विद्यार्थी ननग्रेडिङमा पर्नेछन्। नयाँ पाठ्यक्रमअनुसार पहिलो पटक एसईई परीक्षा दिएका विद्यार्थीको लेटर ग्रेडिङ निर्देशिका–२०७८ को व्यवस्थाअनुसार नतिजा प्रकाशन हुने बोर्डले जनाएको छ ।

एसईई परीक्षाको नतिजा वेबसाइड, एसएमएस र आइभिआरबाट हेर्न सकिन्छ ।

यसरी हेर्न सकिन्छ नतिजा :

परीक्षा नियन्त्रण कार्यालयका अनुसार एसएमएसबाट हेर्न मिल्नेमा नेपाल टेलिकम (१६००), स्विफ्ट टेक्नोलोजी(३४५४५), जानकी टेक्नोलोजी प्रालि (३५००१), इजी सर्भिस प्रालि (३४९४९), आकाश टेक प्रालि (३१००३) रहेको छ । नेपाल टेलिकमको भने आईभीआर बाट समेत थाहा पाउन सकिने छ ।

yakshakhabar.com

त्यस्तै वेवसाइटबाट हेर्न चाहानेका लागि राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयको वेवसाइट, राष्ट्रिय परीक्षा बोर्ड सानोठीमिको वेवसाईट, नेपाल टेलिकमको वेवसाईट, स्विफ्ट टेक्नोलोजीको वेवसाईट, इडियु संजालको वेवसाइट, कान्तिपुर पब्लिकेशनको वेवसाइट रहेका छन् ।

Spread the love by sharing this post

Leave a Reply

Your email address will not be published. Required fields are marked *