काठमाडौं । नेपाली बजारमा आज बुधबार सुनचाँदीको मूल्य घटेको छ । मंगलबारको तुलनामा बुधबार सुन ७ सय र चाँदी २५ रुपैयाँले घटेको हो ।
मंगलबार प्रतितोला एक लाख ४२ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज बुधबार ७ सयले घटेर एक लाख ४१ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुन प्रतितोला एक लाख ४० हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदी पनि आज २५ रुपैयाँले घटेर प्रतितोला १ हजार ७९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।