२०८१ साल असार १२ गते बुधबारको राशिफल हेर्नुस् !

राशिफल

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )

आज शुभअशुभ समाचार सुनिएला । लाभहानी, आयव्यय, सुखदु:ख बराबरी मध्यम खालको दिन छ । मित्रसँग मीठो भेटघाट पनि रहला ।

वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )

दाम, इनाम र प्रतिष्ठा कमाउने वेला छ । व्यापार व्यवसायमा फाइदा होला । वाहन सुख मिल्नेछ । नयाँ नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ ।

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )

बन्धुबान्धवबाट सहयोग मिल्नेछ । साहित्यिक क्षेत्रमा रुचि बढ्नेछ । मित्रबाट विशेष सहयोग मिल्नसक्छ । सामाजिक कार्यमा पनि मन जाला ।

yakshakhabar.com

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )

आज अनावश्यक यात्रा तथा अनावश्यक झमेलामा परिएला । मनोरञ्जनमा लाग्दा अवसर गुम्न सक्छ । दिनको उत्तरार्ध भने सुखद् रहनेछ ।

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )

कुनै समाचारले मनमा शान्ति छाउला । अरुलाई प्रभावित पारेर काम बन्नेछ । प्रेमीको सहयोग पाइनेछ । नयाँ कामको थालनी पनि हुनेछ ।

कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )

बन्धु बान्धवबाट सहयोग मिल्नेछ । साङ्गीतिक क्षेत्रमा रुचि बढ्नेछ । नयाँ वस्त्र या अलङ्कारको प्राप्ति हुनेछ । वैदेशिक कार्य पनि अघि बढ्नेछ ।

तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )

आज भेटघाट र मनोरञ्जनमा सहभागिता भइएला । नयाँ र शुभकार्यको चर्चा चल्नेछ । सामाजिक क्षेत्रमा प्रभुत्व जमाउन पनि सकिनेछ ।

वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )

आज बेसुरमा वचन दिने बानीले अप्ठ्यारो पर्न सक्छ । शैक्षिक पक्ष कमजोर हुनेछ, तर सन्तान तथा परिवारमा मेलमिलाप भने राम्रै हुनेछ ।

yakshakhabar.com

धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )

आज दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । सामाजिक र धार्मिक कार्यबाट सन्तोष मिल्नेछ । प्रेम र दाम्पत्य जीवन पनि सुखमय हुनेछ ।

मकर ( भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि )

आज प्रिय व्यक्तिसँग भेटघाट होला । धैर्य गरि मिहिनेत गरेमा कार्यसिद्धि हुनसक्छ । आर्थिक पक्ष र शेयर बजारबाट राम्रै सफलता मिल्नेछ ।

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )

आत्मिक सन्तुष्टि मिल्नेछ । विद्यामा सफलता पाइएला । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन्, तर स्वास्थ्य प्रति सजगता अपनाउनु पर्नेछ ।

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )

प्रेममा मनमुटावका साथै मन कमजोर रहला । सामान हराउने वा चोरी हुने भय पनि छ । साँझमा मन प्रसन्न रहने र वैदेशिक कार्य राम्रो हुनेछ ।

हाम्रो पात्रोबाट

yakshakhabar.com
Spread the love by sharing this post

Leave a Reply

Your email address will not be published. Required fields are marked *