आज कतिमा कारोबार हुँदैछ सुनचाँदी, हेर्नुहोस् ?

अर्थ

काठमाडौं । नेपाली बजारमा आज मंगलबार सुनको मूल्य स्थिर रहेको छ भने चाँदी चाहिँ घटेको छ । सोमबारको तुलनामा मंगलबार चाँदी ५ रुपैयाँले घटेको हो ।

सोमबार प्रतितोला एक लाख ४२ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज मंगलबार स्थिर रहेर सोही मूल्यमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, तेजावी सुन प्रतितोला एक लाख ४१ हजार ६ सय रुपैयाँमै कारोबार भइरहेको छ ।

yakshakhabar.com

चाँदी भने आज ५ रुपैयाँले घटेर प्रतितोला १ हजार ८१५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Spread the love by sharing this post

Leave a Reply

Your email address will not be published. Required fields are marked *