चाँगुनारायण नगरपालिकाको बजेट २ अर्ब ८ करोड

अर्थ राजनीति

भक्तपुर । चाँगुनारायण नगरपालिकाले आर्थिक वर्ष २०८१/८२ का लागि २ अर्ब ८ करोड १८ लाख ९३ हजार ५ सय रुपैयाँको बजेट ल्याएको छ ।

नगरप्रमुख जीवन खत्रीको अध्यक्षता बसेको पन्धौं अधिवेशनमा उपप्रमुख रमेश बुढाथोकीले सोमबार बजेट सार्वजनिक गरेका हुन् ।

कूल बजेट मध्ये चालु खर्चतर्फ रु. ९६ करोड १७ लाख १३ हजार ५ सय (४६.१९ प्रतिशत) र पुँजीगततर्फ रु. १ अर्ब १२ करोड १ लाख ८० हजार (५३.८१) प्रतिशत खर्च हुने अनुमान गरिएको छ ।

yakshakhabar.com

आगामी आर्थिक वर्षमा नगरपालिकाले सिफारिस दस्तूर, व्यवसाय रजिष्ट्रेशन शूल्क, पानी ठेक्का, घर–नक्सा पास दस्तूर लगायतका शिर्षकबाट ३२ करोड ५५ लाख २० हजार रुपैयाँ बराबर आन्तरिक आय हुने अनुमान गरेको छ । संघिय सरकारको विभिन्न शिर्षकबाट ७६ करोड ९६ लाख रुपैयाँ प्राप्त हुने अनुमान गरेको नगरपालिकाको रहेको छ ।

त्यस्तै, प्रदेशबाट विभिन्न शिर्षकमा ७ करोड ७४ रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ । साथै, सवारी साधनको राजस्व बाँडफाँटबाट ८ करोड १३ लाख ३४ हजार रुपैयाँ र घर–जग्गा रजिष्ट्रेशनबाट ६० करोड रुपैयाँ गरी कूल जम्मा रु. ६८ करोड १३ लाख ३४ हजार प्राप्त हुने अनुमान गरिएको छ ।

हाल नगरपालिका संचित कोषमा मौज्दात रकम २१ करोड ४४ लाख ९२ हजार २ सय रुपैयाँ रहेको उपप्रमुख बुढाथोकीले जानकारी दिए ।

आगामी आर्थिक वर्षका लागि नगरले आर्थिक विकास क्षेत्र तर्फ रु. ११ करोड ५० लाख १५ हजार रुपैयाँ, सामाजिक विकास क्षेत्र तर्फ रु. ७३ करोड ५५ लाख ८० हजार रुपैयाँ विनियोजन गरेको छ । त्यस्तै, खानेपानी तथा सरसफाइ तर्फ रु. १० करोड ९८ लाख १० हजार विनियोजन गरिएको छ ।

नगरभित्रका बालबालिकाहरुको शिक्षामा गुणस्तरीयता कायम गर्दै बालिकारकिशोरीहरुको विविध आयाममा सकारात्मक परिवर्तनका साथ सुरक्षित भविष्यको सुनिश्चतताका लागि कार्यान्वयनमा ल्याएको बचत खाता छोरीको, सुरक्षा जीवनभरीको कार्यक्रमका साथै प्राविधिक शिक्षालाई प्रबर्द्धन, शैक्षिक गुणस्तर अभिवृद्धिका लागि शिक्षातर्फ रु. १० करोड ९८ लाख विनियोजन भएको छ ।

yakshakhabar.com

पूर्वाधार विकास क्षेत्र तर्फ रु. ८८ करोड ८५ लाख ५० हजार मात्र विनियोजन गरिएको छ । जसमध्ये यातायात पूर्वाधार तर्फ रु. ६६ करोड ११ लाख, भवन आवास तथा सहरी विकास तर्फ रु. ७ करोड ४१ लाख, सम्पदा पूर्वाधार तर्फ रु. ६ करोड ७५ लाख र उर्जा क्षेत्र तर्फ रु. २ करोड ८८ लाख विनियोजन भएको छ ।

त्यस्तै, नगरकोट भ्रमण वर्ष २०८२ तयारीका लागि रु. १ करोड २५ लाख, अन्य प्रशासनिक तथा कार्यालय सञ्चालन तर्फ रु. ३० करोड ८८ लाख ५९ हजार विनियोजन र प्राकृतिक तथा मानवीय कारणले हुनसक्ने विपद्जन्य क्षतिलाई न्यूनीकरण गर्दै सम्भावित स्थानहरुमा बाँध निर्माण, आगलागी, बाढी,पहिरोलगायत आकस्मिक रुपमा आइपर्ने जोखिम न्यूनीकरण र व्यवस्थापनका लागि विपद् व्यवस्थापन कोषमा रु. ३ करोड विनियोजन भएको छ ।

Spread the love by sharing this post

Leave a Reply

Your email address will not be published. Required fields are marked *