काठमाडौं । नेपाली बजारमा आज सोमबार सुनचाँदीको मूल्य बढेको छ । आइतबारको तुलनामा सोमबार सुन ३ सय र चाँदी ५ रुपैयाँले बढेको हो ।
आइतबार प्रतितोला एक लाख ४२ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज सोमबार ३ सय रुपैयाँले बढेर एक लाख ४२ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुन प्रतितोला एक लाख ४१ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
चाँदी पनि आज ५ रुपैयाँले बढेर प्रतितोला १ हजार ८२० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।