काठमाडौं । आईसिसी टी–२० विश्वकप क्रिकेटमा अफगानिस्तानले अस्ट्रेलियालाई हराएको छ ।
आइतबार बिहान भएको खेलमा अफगानिस्तानले अस्ट्रेलियालाई २१ रनले हराएको हो ।
१४९ रनको लक्ष्य पछ्याएको अष्ट्रेलिया १९.२ ओभरमा १२७ रन बनाएर अलआउट भयो ।

अस्ट्रेलियाका ग्लेन म्याक्सवेलले ५९, कप्तान मिचेल मार्शले १२ र मार्कस स्टोनियसले ११ रन बनाए । अन्य खेलाडीले दोहोरो अंकमा रन बटुल्न सकेनन् ।
अफगानिस्तानका गुलबदीन नईबले चार, नवीन उल हकले तीन तथा अजमतउल्लाह ओमरजाई र मोहम्मद नबीले समान एक/एक विकेट लिए ।
त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको अफगानिस्तानले निर्धरित २० ओभरमा ६ विकेट गुमाउँदै १४८ रन बनाएको थियो ।
अफगानिस्तानका गुरबाजले ६०, इब्राहिमले ५१, करिम जनत १३ र मोहम्मद नाबीले अविजित १० रन बनाए । अन्य खेलाडीले भने राम्रो प्रदर्शन गर्न सकेनन् ।
अस्ट्रेलियाका प्याट कमिन्सले तीन, एडम जाम्पाले दुई तथा मार्कस स्टोयनिसले एक विकेट लिए ।

अष्ट्रेलियासँग भएका ६ अन्तर्राष्ट्रिय खेलमा अफगानिस्तानको यो पहिलो जित हो ।
चार अंकसहित भारत तालिकाको पहिलो स्थानमा छ । दुई अंकसहित अस्ट्रेलिया दोस्रो स्थानमा छ भने दुई अंक नै रहेको अफगानिस्तान तेस्रो स्थानमा छ । खाता खोल्न नसकेको बंगलादेश चौथो स्थानमा छ ।