सुनचाँदीको मूल्य बढ्यो

अर्थ

काठमाडौं । नेपाली बजारमा आज बिहीबार सुनचाँदीको मूल्य बढेको छ । बुधबारको तुलनामा बिहीबार सुन ६ सय र चाँदी ३५ रुपैयाँले बढेको हो ।

बुधबार प्रतितोला एक लाख ४२ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज बिहीबार ६ रुपैयाँले बढेर एक लाख ४२ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, तेजावी सुन प्रतितोला एक लाख ४२ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ ।

yakshakhabar.com

चाँदी पनि आज ३५ रुपैयाँले बढेर प्रतितोला १ हजार ८४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Spread the love by sharing this post

Leave a Reply

Your email address will not be published. Required fields are marked *