काठमाडौं । सर्लाहीमा रोकेर राखेको लरीमा यात्रीबाहक रूपन्देहीबाट जनकपुरतर्फ आइरहेको बस ठोक्किँदा तीन जनाको मृत्यु भएको छ ।
बागमती नगरपालिकास्थित रायमाझी चोकमा आज बिहान दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको हो । यस्तै, अन्य १७ जना घाइते भएका छन् ।
मृत्यु हुनेमा रुपन्देहीको मायादेवी गाउँपालिकाका हरिबहादुर चौधरी, ८५ वर्षीय दशरथ कोहार र ५० वर्षीय रामकरण केवट रहेका छन् ।
प्रहरीका अनुसार घटनालगत्तै उद्धार गरी उनीहरूलाई हरिवनस्थित नमूना अस्पताल पुर्याइएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।
दुर्घटनामा गम्भीर घाइते भएकाहरुको जनकपुर, वीरगञ्ज तथा स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।