संसद् भवनभित्र सुरक्षाकर्मी गोली लागेको अवस्थामा मृत फेला

समाचार

काठमाडौं । संसंघीय संसद् सचिवालय बानेश्वरस्थित सुरक्षार्थ खटिएका नेपाल प्रहरीका एक जवान संसद भवनभित्रै गोली लागेको अवस्थामा मृत फेला परेका छन् । दोलखा मेलुङ–४ घर भएका २२ वर्षीय प्रहरी जवान अजित गोले गोली लागेको अवस्थामा शौचालयभित्र मृत फेला परेका हुन् ।

घटनासम्बन्धी विस्तृत विवरण प्राप्त हुन बाँकी छ ।

उनी नेपाल प्रहरीको हेडक्वाटरबाट खटाइएको स्पेशल टाक्स फोर्समा कार्यरत थिए । २०७८ सालमा उनी प्रहरीमा भर्ना भएका हुन् । उनलाई बिहानको समयमा ड्युटीमा खटाइएको थियो ।

yakshakhabar.com
Spread the love by sharing this post

Leave a Reply

Your email address will not be published. Required fields are marked *