काठमाडौं । गायक सुरेश लामाको सुमधुर स्वरमा सजिएको ‘माया बस्यो’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । युवा प्रेम र आकर्षणको भावानालाई व्यक्त गरिएको यस गीतमा शब्द र संगीत डा. एलिया सोयव र सुरेश लामाको रहेको छ । गीतलाई रिकेश गुरुङले संगीत संयोजन गरेका हुन् ।
म्युजिक भिडियोमा एलिया र सुरेशको अन्स्क्रिन प्रेम र रोमान्स देख्न सकिन्छ । भिडियोमा पवन सुस्लिङको छायांकन र सम्पादन रहेको छ । निर्मल कुमार लामा (बिजी) को निर्देशनमा भिडियो तयार पारिएको हो । भिडियो गायक लामाको युट्युव च्यानल ‘सुरेश लामा’ मार्फत सार्वजनिक भएको हो ।