काठमाडौं । आईसीसी टि–२० विश्वकप क्रिकेटको अन्तिम खेलमा पनि नेपाल पराजित भएको छ।
सोमबार बिहान किङ्सटाउनस्थित आर्नोस भेल स्टेडियममा नेपाल बंगलादेशसँग २१ रनले पराजित भएको हो ।
१०७ रनको लक्ष्य पछ्याएको नेपालले १९.२ ओभरमा सबै विकेट गुमाउँदै ८५ रन मात्रै बनायो ।
नेपालका कुशल मल्लले २७, दीपेन्द्रसिंह ऐरीले २५ तथा आसिफ शेखले १७ रन बनाए ।
बंगलादेशका तान्जिम हसनले चार, मुश्ताफिजुर रहमानले तीन, सकिब अल हसनले दुई तथा तस्किन अहमदले एक विकेट लिए ।
त्यसअघि सेन्ट भिन्सेन्टमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको बंगलादेश १९.२ ओभरमा १०६ रनमा अल आउट भएको थियो ।
बंगलादेशका सकिब अल हसनले १७, महमुदूल्लाह रियाद र रिशाद हसनले १३१३ तथा जाकेर अलीले १२ रन बनाए ।
नेपालका सोमपाल कामी, रोहित पौडेल, सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरीले दुईरदुई विकेट लिए ।
बंगलादेश चार खेलबाट ६ अंक जोड्दै सुपर ‘एट’मा पुगेको छ । बंगलादेशले श्रीलंकालाई दुई विकेट र नेदरल्यान्ड्सलाई २५ रनले पराजित गर्यो । दक्षिण अफ्रिकासँग भने चार रनले पराजित भयो ।
यसअघि नेपाल नेदरल्यान्ड्ससँग ६ विकेट, दक्षिण अफ्रिकासँग १ रनले पराजित हुँदा श्रीलंकासँग वर्षाको कारण १–१ अंक बाँडेको थियो । नेपाल ४ खेलमा १ अंकका साथ चौथो स्थानमा रहेर बाहिरिएको छ ।