कृषि विकास बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष सहित चार पक्राउ

समाचार

काठमाडौं । प्रहरीले कृषि विकास बहुउद्देश्यीय सहकारी संस्था, ललितपुर महानगरपालिका–५ कुमारीपाटीका अध्यक्षसहित चार जनालाई पक्राउ गरेको छ ।

करिब ३ अर्ब रुपैयाँ अपचलन गरेको आरोपमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा तनहुँको ब्यास नगरपालिका–११ घर भई काठमाडौंको गोकर्ण बस्ने कृषि विकास बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष तेजबिक्रम थापा, ललितपुर महानगरपालिका–१८घर भई हाल गोकर्णेश्वर नगरपालिका–७, काठमाडौं बस्ने संस्थाका व्यवस्थापक सजना राजकर्णिकार, सहकारीका सदस्यद्वय किर्तिपुर नगरपालिका–८ बस्ने भीमसेन महर्जन र काठमाडौं महानगरपालिका–६ चाबहिल बस्ने सञ्जय सापकोटा रहेका छन् ।

yakshakhabar.com

प्रहरीले चार जनालाई शुक्रबार पक्राउ गरेर आइतबार सार्वजनिक गरेको हो ।

पक्राउ परेका चारै जनालाई आइतबार नै सहकारी ठगीको कसुरमा कारबाही गर्न जिल्ला प्रहरी परिसर ललितपुर पठाइएको अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

सहकारीका ५६६ जना बचतकर्ताले आफूहरुको ९४ करोड २३ लाख ४२ हजार रुपैयाँ बचत फिर्ता नगरेको भन्दै ठगीमा उजुरी दिएका थिए । सहकारीमा २ हजार ५३१ जना पिडित बचत कर्ताहरु रहेका छन् ।

Spread the love by sharing this post

Leave a Reply

Your email address will not be published. Required fields are marked *