निर्वाचन आयोगको आयुक्तमा प्रधान सिफारिस

राजनीति

काठमाडौं । निर्वाचन आयोगको रिक्त निर्वाचन आयुक्त पदमा कृष्णमान प्रधान सिफारिस भएका छन् ।

आइतबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको संवैधानिक परिषद्को बैठकले प्रधानलाई आयुक्तमा सिफारिस गरेको हो ।

सुशासन र निर्वाचन पद्धतिका बारेमा विज्ञता हासिल गरेका उनी २४ वर्षदेखि निरन्तर नेपाल कानुन समाजका कार्यकारी निर्देशक थिए ।

yakshakhabar.com

संवैधानिक परिषद्ले सिफारिस गरेका प्रधानको संसदीय सुनुवाइपछि नियुक्ति हुनेछ ।

Spread the love by sharing this post

Leave a Reply

Your email address will not be published. Required fields are marked *