राष्ट्रपति पौडेल पुगे जर्मनीमा

राजनीति

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल जर्मनीको राजधानी बर्लिन पुगेका छन् ।

शनिबार राति स्विट्जरल्याण्डको भ्रमण सकेर उनी जेनेभाबाट रोयल डच एयरलान्सबाट प्रथम महिला सविता पौडेलका साथ जर्मनीको राजधानी बर्लिन पुगेका हुन् ।

राष्ट्रपति पौडेल संघीय गणतन्त्र जर्मनीका राष्ट्रपति फ्रैङ्क–वाल्टर स्टाईनमायेर निमन्त्रणामा जर्मनीको औपचारिक भ्रमण गर्न बर्लिन पुगेका हुन् । राष्ट्रपति पौडेलले भोलि सोमबार जर्मनीका समकक्षीसँग औपचारिक वार्ता गर्ने उनको सचिवालयले जनाएको छ ।

yakshakhabar.com

जर्मनीमा राष्ट्रपति पौडेलले पोष्टडाम इस्टिच्युट फोर क्लाइमेट इम्प्याक्ट रिसर्च इन्टिच्युट, जर्मन रिसर्च फर जीयो(साइन्स, टेलेग्राफफेनवर्ग क्याम्पसको अवलोकन गर्ने कार्यक्रम छ ।

साथै सेसिलीयानहोफ एण्ड स्यान्ससोसी प्यालेस गार्डेन र सेसिलीयानहोफ एण्ड स्यान्ससोसी प्यालेस म्युजियमको पनि अवलोकन गर्ने कार्यक्रम छ ।

त्यसैगरी आज आइतबार उनले जर्मनीमा रहेका नेपाली समुदायलाई सम्बोधन गर्ने कार्यक्रम छ ।

राष्ट्रपति पौडेललाई जर्मनस्थित नेपाली राजदूत रामकाजी खड्का, दूतावासका कर्मचारी र संघीय गणतन्त्र जर्मनीका राष्ट्रपति कार्यालयका अधिकारीहरुले स्वागत गरेका छन् ।

वि.सं. २०४३ पछि राष्ट्रप्रमुखको तहमा नेपालबाट भएको यो पहिलो भ्रमण हो ।

yakshakhabar.com

राष्ट्रपति पौडेल भ्रमण सम्पन्न गरी बुधबार स्वदेश फर्किने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ ।

Spread the love by sharing this post

Leave a Reply

Your email address will not be published. Required fields are marked *