अमेरिकासँग पाकिस्तान पराजित

खेल

काठमाडौं । आईसीसी टी–२० विश्वकप २०२४ अन्तर्गत समूहको आफ्नो पहिलो खेलमा पाकिस्तान घरेलु टोली अर्थात् अमेरिकासँग पराजित भएको छ । बिहीबार राति सम्पन्न खेलमा अमेरिकासँग पाकिस्तान सुपर ओभरमा पाँच रनले पराजित भएको हो ।

पाकिस्तानले दिएको १६० रनको लक्ष्य अमेरिकाले २० ओभरमा तीन विकेट गुमाउँदै पूरा गर्‍यो । अन्तिम ओभरमा अमेरिकालाई १४ रनको आवश्यकता थियो । हारिस रउफले पहिलो तीन बलमा तीन रन दिएका थिए ।

तर, चौथो बलमा उपकप्तान आरोन जोन्सले छक्का प्रहार गरे । पाँचौ बलमा रउफले एक रन दिए । तर, अन्तिम बलमा नितीश कुमारले चौका प्रहार गरेपछि खेल दोस्रो पटक सुपर ओभरमा गएको थियो ।

yakshakhabar.com

सुपर ओभरमा जोन्स र हरमीत सिंहले १८ रन बनाए । तर, पाकिस्तानले १३ रन मात्रै बनाउन सक्यो र खेल ५ रनले गुमायो ।

त्यसअघि अमेरिकी टोलीका कप्तान मोनांक पटेलले ५०, आरोन जोन्सले ३६, एन्ड्रिज गौसले ३५, नितीश कुमारले १४ र स्टिवन टेलर १२ रन बनाए ।

पाकिस्तानका मोहम्मर आमिर, नसिम शाहर हारिस रउफले समान एक/एक विकेट लिए ।

त्यसअघि ग्रान्ड प्रेरी स्टेडियम टस हारेर पहिला ब्याटिङ थालेको पाकिस्तानले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १५९ रन बनाएको थियो ।

पाकिस्तानका कप्तान बाबर आजमले ४४, शादाब खानले ४०, शाहिन शाह अफ्रिदीले २२, इफ्तिखार अहमदले १८ र फखर जमानले ११ रन बनाए ।

yakshakhabar.com

अमेरिकाका नास्थुश केनजिगेले तीन, सौरभ नेत्रवलकरले दुई तथा अली खान र जसदीप सिंहले समान एक/एक विकेट लिए ।

जारी विश्वकपमा कुनै पनि एसोसिएट्स सदस्य राष्ट्रले टेस्ट राष्ट्रलाई हराएको यो पहिलो पटक हो ।

Spread the love by sharing this post

Leave a Reply

Your email address will not be published. Required fields are marked *