काठमाडौं । आज (बुधबार) जुन ५ तारिख, अर्थात् विश्व वातावरण दिवस । ‘हाम्रो भूमि, हाम्रो भविष्य’ नाराका साथ बुधबार यो दिवस मनाइँदै छ । दिवसका अवसरमा नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।
वातावरण संरक्षणका लागि जनचेतना फैलाउने उद्देश्यका साथ संयुक्त राष्ट्र संघको आह्वानमा सन् १९७३ देखि विश्व वातावरण दिवस मनाउन थालिएको हो ।
वातावरण दिवस मनाउनुभन्दा १ वर्ष अगाडि सन् १९७२ को जुन ५ देखि १६ तारिखसम्म संयुक्त राष्ट्र संघको महासभाले विश्व वातावरण सम्मेलन आयोजना गरेको थियो ।
त्यसैअनुरूप यो दिवसलाई संस्थागत गर्न सम्मेलनको दोस्रो वर्ष अर्थात् ५ जून १९७३ मा विश्वमा पहिलो पटक विश्व वातावरण दिवसलाई एक अन्तर्राष्ट्रिय दिनका रूपमा अङ्गीकार गरिएको हो ।