आज १८ औं लोकतन्त्र दिवस

राजनीति

काठमाडौं । १८ औं लोकतन्त्र दिवस मंगलबार देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।

तत्कालीन राजा ज्ञानेन्द्र शाहको जहानियाँ प्रत्यक्ष शासन अन्त्य भई नयाँ नेपालको खाका कोरिएको सुनौलो दिनका रूपमा बैशाख ११ गतेलाई लिने गरिएको छ । सोही दिनको स्मरणमा हरेक वर्ष बैशाख ११ गतेलाई लोकतन्त्र दिवसको रुपमा मनाउने गरिन्छ ।

२०५९ जेठ ८ गते विघटन भएको संसद् आन्दोलनरत दलको मार्गचित्र बमोजिम ​२०६३ वैशाख ११ गते तत्कालीन राजा ज्ञानेन्द्रले पुनःस्थापना गरे । त्यसैको सम्झनामा २०६४ देखि देशभर लोकतन्त्र दिवस मनाउन थालिएको हो ।

yakshakhabar.com

२०६१ साल माघ १९ गते तत्कालिन राजा ज्ञानेन्द्रले शासन सत्ता आफ्नै हातमा लिएपछि आन्दोलनरत सात दल र सशस्त्र युद्धरत नेकपा माओवादीबीच १२ बुँदे समझदारी भएको थियो ।

२०६२ साल मंसिरमा १२ बुँदे समझदारीका माध्यमबाट तीन ध्रुबमा विभाजन भएका राजनीतिक शक्ति दुई ध्रुबमा आएपछि आन्दोलनले गति लिन थाल्यो ।

आन्दोलनरत दलले गरेकै मस्यौदाका आधारमा राजा ज्ञानेन्द्रले २०६३ बैशाख ११ गते राति संसद् पुनःस्थापनाको घोषणा गरी बैठकसमेत आह्वान गरे । सोही दिनलाई लोकतन्त्र दिवसको रूपमा मनाइँदै आएको छ । यो दिन नै गणतन्त्रको जगका रुपमा स्थापित बन्यो ।

२०६३ जेठ ४ गते बसेको पुनःस्थापित संसद बैठकले राजदरवारको अधिकार कटौती गर्‍यो । बैठकले माओवादीलाई शान्ति प्रक्रियामा ल्याई संविधानसभा निर्वाचन गर्ने संकल्प प्रस्ताव पारित गर्‍यो । २०६३ मंसिर ११ मा माओवादी हतियार बिसाउँदै शान्तिपूर्ण राजनीतिमा आयो ।

यसैको जगमा २०६४ चैत २८ गते पहिलो संविधानसभा निर्वाचन भयो । संविधानसभाको २०६५ जेठ १५ गते बसेको पहिलो बैठकले २४० वर्ष लामो राजसंस्थाको विधिवत् अन्त्य गर्दै मुलुकमा गणतन्त्र स्थापना भएको ऐतिहासिक घोषणा गर्‍यो ।

yakshakhabar.com
Spread the love by sharing this post

Leave a Reply

Your email address will not be published. Required fields are marked *