काठमाडौं । गायक बिनोद दनुवारको स्वरमा ‘हे सानू‘ गीतको भिडियो सार्वजनिक भएको छ । नवराज घिमिरेको शब्द संगीतमा तयार गरिएको गीतमा नेपाली युवाहरु विदेशिनु पर्दाको पीडा पोखिएको दृश्य देख्न सकिन्छ । यो गीत निकै मार्मिक मर्मस्पर्सी व्यक्त गरिएको छ ।
गीत संगीतको दुनियाँमा जम्दै गरेका भुवन के पोखरेलको अभिनयमा आधारित हे सानू बोलको आधुनिक गीत सार्वजनिक भएको हो । यस गीतमा चर्चित मोडल तथा कलाकार भुवन के पोखरेल र जुना कार्कीको दमदार अभिनय देख्न सकिन्छ । यस गीतका मोडल पछिल्लो पटक चर्चामा रहेको मिडिया हब द्वारा प्रसारित टेलि सिरियल भैरवीमा डाक्टरको भूमिकामा अभिनय गर्ने चर्चित कलाकार हुन् ।
भिडियो हेर्नुहोस् :
